नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईमाथि जुत्ता प्रहार

पोखरा । नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईमाथि जुत्ता प्रहार गरिएको छ । जुत्ता प्रहार गर्ने पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्र विषयमा स्नातकोत्तर दोस्रो वर्षका छात्र सञ्जिव भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्याम्पस हातामा गरेको नयाँ शक्ति विद्यार्थी युनियनले नयाँ विद्यार्थीका लागि बिहीवार आयोजना गरेको स्वागत कार्यक्रममा बाबुराम प्रमुख अतिथि हुनुहुन्थ्योय । उहाँलाई ताकेर भट्टराईले जुत्ता प्रहार गरे पनि लाग्न पाएन । त्यसपछि उनले कालो झन्डा देखाउँदै बाबुरामविरुद्ध नाराबाजी गरेको प्रत्यक्षदर्शी विद्यार्थीहरूले बताए । घटनालगत्तै प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बगरको हिरासतमा राखेको छ ।