एक चीन नीतिलाई निरन्तरता दिन नहुने टम्पको विचारप्रति चीन रुष्ट

maitrinews

अमेरिका । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मुलुकको एक चीन नीतिमाथि प्रश्न उठाउनुभएको छ ।
चीनबाट फाइदा नलिइ उक्त नीतिलाई निरन्तरता दिनुको औचित्य आफूले नदेखेको उहाँले बताउनुभयो। उहाँको यो भनाइप्रति चीनले कडा आपत्ति जनाएको छ ।
फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले अमेरिका ुएक चीनु नीतिमा अमेरिका बांधिरहनु नहुने टिप्पणी गर्दै भन्नुभयो, म यो बुझ्दिन कि हामी एक चीन नीतिमा किन बांधिनुपर्छ। हामीले व्यापार लगायतका अन्य क्षेत्रमा हुने सम्भावित सम्झौतासंग त्यसलाई जोड्दैनौं भने किन त्यसलाई मान्नेरु ?
ट्रम्पले थप अगाडि भन्नुभयो, हेर्नुस्, चीनले जानाजान आफ्नो मुद्राको भाउ घटाउंदा हामीलाई असर परेको छ। हामीले कर लगाएका छैनौं तर उनीहरुले सीमामा त्यसो गरिरहेका छन्।
साउथ चाइना सीमा सैन्य किला बनाएको छ जुन उसले गर्नहुन्थेन। चीनले मलाई प्रभावित पारोस् भन्ने म चाहन्न।
ट्रम्पको पछिल्लो टिप्पणीप्रति चीनले आपत्ति जनाएको छ ।