काठमाडौं । इटालियन स्ट्राइकर मारियो बालोटेलीले आफू कहिल्यै पूर्व क्लब लिभरपुल नफर्किने बताएका छन्। तर, उनले प्रिमियर लिगमा भने फर्कन सक्ने संकेत गरेका छन्। उनले आफू इंल्याण्ड फर्के पूर्व क्लब म्यानचेस्टर सिटी वा आर्सनलका लागि मात्रै जाने बताए।
सिन्ह्वासँगको कुराकानीमा नाइसका स्ट्राइकर बालोटेलीले इंग्लिस क्लब म्यानचेस्टर सिटीमा तीन सिजन विताएका थिए। त्यसपछि लोनमा एसी मिलान पुगेका बालोटेली पछि प्रिमियर लिगमा लिभरपुलबाट पुनरागमन गरेका थिए।
लिभरपुलबाट नयाँ क्लब नाइस पुगेका बालोटेलीले यो सिजन ६ खेलमा ६ गोल गरेका छन्। केही समय यता भने उनी चोटग्रस्त भएर मैदान फर्किन सकेका छैनन्।
बालोटेलीले भनेका छन्,‘यदि म इंल्याण्ड फर्के भने लिभरपुलका लागि फर्किन्नँ।’ बालोटेलीले आफू इंल्याण्ड फर्किए भने पहिलो रोजाइँ म्यानचेस्टर सिटीका लागि जाने बताए। उनले आफ्नो दोस्रो रोजाइको क्लब भने आर्सनल भएको बताए।
लिभरपुलबाट खेलेका २८ खेलमा बालोटेलीले चार गोल गरेका थिए।
कहिल्यै लिभरपुल नफर्किने इटालियन स्टाइकर बालोटेलीको उदघोष
maitrinews
