पोखरा खानेपानी आयोजनालाई चार अर्ब विनियोजन

काठमाडौँ। सरकारले पोखरा खानेपानी सुधार आयोजनाका लागि रु चार अर्ब ४३ करोड विनियोजन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० र समग्र शिक्षाका लागि एसियाली विकास बैंक ९एडिबि० बाट प्राप्त हुने रु दुई अर्ब १२ करोड स्वीकृति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

गत वर्षको भूकम्पले क्षति पु¥याएको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् परियोजनाको ड्याम साइट मर्मत सम्भारका लागि रु ६१ करोड १८ लाख विनियोजन गर्ने निर्णय बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीले केमिकल इञ्जिनियरिङ, केमिकल इञ्जिनियरिङ एन्ड पोलिमर साइन्स, बायो मेडिकल, बायो टेक्नोलोजीलगायत इञ्जिनियरिङका विभिन्न विधालाई पनि इञ्जिनियरिङ अनुसूचीमा समाहित गर्ने निर्णय गरिएको बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका प्रमुख सेनानी रवीन्द्र केसीलाई महासेनानीमा पदोन्नति, कार्यस्थलमा कार्यरत ९मजदुर र ज्यामी० का लागि ध्वनि र प्रकाश अन्तर्राष्ट्रिय मापदण्ड अनुसार राख्ने निर्णय समेत गरेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी बैठकले प्रेस काउन्सिल नेपालको सञ्चालक समिति सदस्यमा पत्रकारद्वय नवलकिशोर यादव र सङ्गीता खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी पुनःनिर्माण प्राधिकरणमा कार्यरत इञ्जिनियरका लागि जिल्ला सदरमुकाममा भएकालाई ५० प्रतिशत र दुर्गम क्षेत्रमा भएकालाई ७५ प्रतिशत भत्ताको व्यवस्था गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
नेपालको आकाशमा नेपालको स्याटलाइट, नेपालको धर्तीमा नेपाली झन्डा भन्ने अभियानलाई सरकारले सञ्चालन गरेको प्रवक्ता कार्कीले बताउनुभयो