राष्ट्रियसभाको बैठक सुरु, दुई वटा सांस्कृतिक विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची

काठमाडौँ, ८ जेठ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज सुरु भएको छ। आजको बैठकमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्ने र सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विधेयकहरूमाथि छलफल तथा पारित गर्ने कार्यसूची रहेको छ।

बैठकको सुरुमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नुहुनेछ।

यस्तै, आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

मन्त्री पौडेलले नै आजैको बैठकमा ‘भौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ लाई पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएको छ। यी विधेयकहरू पारित भएमा मुलुकको भौतिक तथा अभौतिक सम्पदाको संरक्षण र संवर्द्धनमा नयाँ कानुनी ढाँचा तयार हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *