सनराइज बैंकको हकप्रद शेयर निष्काशनका लागि प्रभु क्यापिटल नियुक्त

काठमाडौं । सनराइज बैंक लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि प्रभु क्यापिटल शेयर निश्काशन तथा विक्रीप्रवन्धक तोकेको छ । बैंकले आ.ब. ०७२÷०७३ मा कायम चुक्ता पूँजीको आधारमा १ः०.३० को अनुपातमा साबिकका शेयरधनीलाई जारी गर्न लागेको प्रति शेयर सयका दरले हुने १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सो नियुक्ति सम्बन्धी सम्झौता बिहिबार सम्पन्न भयो । संझौतामा सन्राइज बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक शंकरप्रसाद कालीकोटाले हस्ताक्षर गर्नुभएको छ । सनराइज बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभाले कम्पनीको अधिकृत पूँजी १० अर्ब पुर्याउने निर्णय गरेको छ ।