ओबामाद्वारा म्यानिङको जेलसजायमा कटौती

maitrinews

वासिङ्टन । अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो गोप्य सूचना चुहाएको अभियोगमा दोषी ठहरिएकी एकजना अमेरिकी सैनिकको बाँकी जेल सजायलाई घटाइदिनुभएको छ ।
२९ वर्षीया ट्रान्सजेन्डर अमेरीकी सैनिक चेल्सी म्यानिङले सन् २०१० मा विकिलिक्सलाई गोप्य सूचनाहरु चुहाएकी थिइन्।
झण्डै साढे सातलाख संवेदनशील सैन्य र कुटनीतिक सूचनाहरु विकिलिक्स वेबसाइटलाई दिएको आरोपमा उनी सन् २०१३ मा दोषी ठहरिएकी थिइन्।

पहिला ब्र्याड्ले म्यानिङको रुपमा चिनिने गरेकी चेल्सी म्यानिङलाई ३५ वर्षको जेल सजाय सुनाइएको थियो।
यो अमेरिकी इतिहासमा गोप्य सामग्रीहरुको चुहावट भएको एउटा ठूलो घटना थियो।
ह्वाइट हाउसले हालैका दिनमा म्यानिङको जेल सजाय घटाउनका लागि आफू खुल्ला रहेको बताउँदै आएको थियो।
उनलाई आउँदो मे महिनामा रिहा गरिने बताइएको छ।