इर्ष्यालु प्रवृत्ति —
लक्ष्मी पाण्डे दीपिका

maitrinews

 

लेखा र जया एउटै कार्यालयमा काम गर्ने कारिन्दा थिए । दुबै नासुमा जागिर शुरु गरेका उनिहरूको बानी र व्यबहार भने धेरै फरक थियो । लेखा सोझो पाराले लाए अर्हाएको हरेक कामहरू गर्थी । उसलाई अरुले के गर्छ, खास मतलब हुँदैन्थ्यो । आफ्नो काममा दखल, क्षमता राख्ने तर काम देखाउन हाकिमकोमा कहिल्लै नजाने र कामको बडप्पन देखाउन मन पर्दैन्थ्यो उसलाई । खाली समयमा ऊ आफ्नै लेखपढमा तल्लीन हुने गर्थी । तर जया भने जो अलि शक्तिमा छ, उसकोमा धाईरहने र सकेसम्म सजिलो काम लिने, हाकिमले देख्ने काम गरेर जस लिने खालकी थिई । साथै अरुले गरेका कामपनी बढाई चढाई ब्याख्या गरेर आफुलाई निकै जानकारी भएको देखाउन सिपालु थिई । कामचोर उस्तै थिई । चाकरी र कुरा सुन्ने प्रबृत्ति भएकाहरू मन्त्रमुग्ध भईहाल्थे । जसका कारण उसको छिटै बढुवा भयो । हरेक कार्यक्रमहरू हुँदा उसलाई सहभागी गराईन्थ्यो । तर लेखाको कामकारबाही कसैले वास्ता गरेनन, उसको क्षमता र कामप्रतिको लगाव, उत्तरदायित्व बहन, कार्यकुशलता ओझेलमा पर्दै गयो । उसको बढुवा पनि समयमा हुन सकेन ।
बढुवा भएर माथिल्लो पोस्टमा रहेपनि जयाको बानी असाध्य तुच्छ , डाहाडे प्रबृत्तिको थियो । लेखालाई उसले हेर्ने र गर्ने व्यबहार निकै तुच्छ हुन्थ्यो । जहिलेपनी हाकिमकोमा कुरा लगाएर कसरी पछि पार्न सकिन्छ, कसरी कामबाट अपजस दिलाउन सकिन्छ, कसरी ऊ नजान्ने छ भनेर साबित गर्न सकिन्छ भनेर बारम्बार दुख दिन खोजी रहन्थी । कहिले फाईल लुकाउने, कहिले पत्र लुकाउने कहिले हाकिमको अगाडि लगेर उभ्याउने र गालिगलोज गर्न लगाउने जस्ता व्यबहार गर्दथी । अन्य सहपाठीलाई उचालेर हदै सम्मको असहयोग गर्ने गर्दथी ।
यसरी पदमा पुगेपनी मानिसको आचरण, व्यबहार, सोंचमा परिबर्तन नभए सम्म त्यसलाई कसरी ठूलो ब्यक्ती भन्ने । हरेक मानिसले जहाँ पुगेपनी आफ्नो व्यबहार देखाईरहेको हुन्छ , ऊ कति उच्च छ या निकृष्ट भन्ने कुरा । पदले भन्दा मानिस सु संस्कार र उसको सोंच, ब्यबहारले उच्च मानिन्छ । सकिन्छ भने स्वस्थ प्रतिस्पर्धाका लागि आफू भन्दा माथिल्लो तहसँग रिस, ईर्ष्या,डाह गरौं र सफलता हासिल गरौं । नसके कसैको खुट्टा तानेर अरुको भबिस्यमा भाँजो हाल्ने काम नगरौं । अरुलाई निरर्थक दुख दिने प्रबृत्ति मानविय गुण होईन ।