नेपाल र वेलायतवीचको सम्वन्ध शुधारमा जोड

काठमाण्डौ, ११ माघ
उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र बेलायतको लण्डन शहरका लर्ड मेयर एन्ड्रयु पामवीच दुई देशवीचको आर्थिक एवं सामजिक सम्वनध शुधारका बिषयम छफल भएको छ । अर्थ मन्त्रालयमा मंगलवार भएको छलफलमा उपप्र्रधानमन्त्री महराले बेलायत र नेपाल विचको लामो आत्मीय संवन्धलाइ अझ प्रगाढ पार्न नेपाल सरकार प्रतिवद्ध रहेको वताउँदै वेलायत सरकारका तर्फबाट हुँदै आएको सहयोगको लागि धन्यवाद ज्ञापन गरे ।
नेपाल सँक्रमणकालको अन्त्य गर्ने दिशामा अघि बढेको वताउँदै उपप्रधानमन्त्री महराले एक बर्ष भित्र तिन तहको चुनाव गराउने तयारीमा सरकार रहेको वताए । एक हप्ता भित्र सरकारले चुनावको मिति घोषणा गर्ने र मुलुक संबिधान कार्यान्वयनको दिशामा अघि बढ्ने उनले वताए ।
त्यस अवसरमा लण्डनका लर्ड मेयर पार्मलले आफुले नेपालमा रहँदा माउण्टेन फ्लाइट गरेको र व्यवसायीहरुसँग अन्र्तक्रिया गरेको जानकारी गराउँदै नेपालको हाइड्रो पावर र भौतिक निर्माणको क्षेत्रमा लगानी गर्न वेलायत सरकार तयार रहेको वताए ।