त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा आगजनी

 

ललितपुर । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा आगजनी भएको छ ।
ललितपुरको शंखमुलस्थित यूएन पार्क नजिकै दुई जनाको समूहमा आएका युवकले बा २ च ५६५० नम्बरको सरकारी गाडीमा आज बिहान आगजनी गरेका हुन् । गाडीमा रहेकी शिक्षाध्यक्ष त्रिपाठीलाई ओरालेर उनीहरुले आगजनी गरेका हुन् ।

त्रिपाठीका अनुसार स्ववियु चुनावलाई लिएर धेरै धम्की आउने गरेकले बाटो परिर्वतन गरी हिड्ने क्रममा यूएन पार्क हुँदै कीर्तिपुर जाने क्रममा सो आक्रमण भएको हो ।
यूएन पार्क अगाडि पुग्दा दुई जना युवकले बाटो छेकेर गाडीमा आगजनी गरेका छन् । ‘ढोका खोलेर तपाई बाहिर निस्कनुस् भन्यो र पाखुरा समातेर तान्यो र चालकलाई पनि बाहिर निकाल्यो’ उहाले भन्नुभयो, ‘आगो लगाएर उनी भागे ।’
यही फागुन १४ गते हुन गइरहेको स्ववियु निर्वाचन विथोल्न सो आगजनी गरिएको हुनसक्ने भन्दै प्रहरीले घटनामा संलग्न समूहको खोजी गरिरहेको छ ।