मधेसी मोर्चा सहमतिमा नआए पनि जेठ मसान्तभित्रै स्थानीय निर्वाचन
काठमाडौ। आन्दोलनरत मधेसी मोर्चा सहमतिमा नआए पनि जेठ मसान्तभित्रै स्थानीय निर्वाचन गरी जारी राजनीतिक गतिरोध अन्त्य गर्न अघि बढ्ने निष्कर्षमा प्रमुख दलका शीर्ष नेता पुगेका छन्।
सकेसम्म मधेसी मोर्चालाई मनाउने, नमाने पनि एक/दुई दिनभित्रै चुनाव मिति घोषणा गर्ने निष्कर्षमा प्रमुख राजनीतिक दलहरु पुगेका हुन् ।
प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच मंगलबार शीर्ष तहमा छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल फागुन ८ गते भित्रै स्थानीय चुनाव मिति घोषणा गर्ने निष्कर्षमा पुगेको समाचार स्रोतको दावी रहेको छ ।
मधेसी मोर्चासँग एकपटक अन्तिम छलफल गरी चुनाव मिति घोषणा गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री निकट स्रोतले भनेको छ ।
प्रकाशन मिति–२०७३ साल फागुन ४ गते बुधवार ।