स्पेनमा ६४ वर्षीया बृद्धाले जन्माइन् जुम्ल्याहा छोरा र छोरी

स्पेन । स्पेनमा ६४ वर्षीया बृद्धाले जुम्ल्याहा शिशु जन्माइकी छन् । उत्तरी स्पेनको रिकोलेटस अस्पतालमा नाम उल्लेख नगरिएकी ती बृद्धाले जुम्ल्याहा शिशु जन्माएकी हुन् ।
सामान्य प्रसूति शल्यक्रिया गरी उनले जुम्ल्याहा शिशु जन्माएको र दुवै शिशु र आमा स्वस्थ रहेको सो अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बच्चाको तौल २.४ केजी र बच्चीको तौल २.२ केजी रहेको छ ।