इराकी सेनाव्दारा मोसुलमा इस्लास्मिक स्टेटविरुद्ध कारबाही,केही गाउँहरु नियन्त्रणमा

 

मोसुल । इराकको सरकारी फौजले विद्रोही समूह इस्लामिक स्टेटको नियन्त्रणमा रहेको मोसुलको बाँकी भागमा प्रवेश गर्ने क्रममा केही गाउँहरुलाई कब्जा गरेको छ।
तोप र हेलिकप्टरहरुसहित हजारौं सैनिकहरु उक्त आक्रमणमा सहभागी भएका छन्।
सेनाले आक्रमण शुरु गरेसँगै मानवअधिकारीवादी संघसंस्थाले उक्त क्षेत्रका लाखौं मानिसहरुको अवस्थाबारे चिन्ता व्यक्त गरिरहेका छन्।
चिन्ता
आइतबार सबेरै इराकका प्रधानमन्त्री हैदर अल अबादीले सैन्य कारवाही सुरु गर्ने औपचारिक घोषणा गरेका थिए।
आइतबार बिहानै सेनाका हेलिकप्टरलगायत हवाई शक्तिको सहायतामा सयौं गाडीहरु इस्लिमक स्टेटले कब्जा जमाएको क्षेत्रमा प्रवेश गरेका थिए।
इराकको दक्षिणी क्षेत्रमा रहेको दोस्रो ठूलो सहर हुँदै प्रवेश गरेका उनीहरु मोसुलस्थित विमानस्थल नजिकै पुगेका छन्।
सेनाका लेफ्टिनेन्ट जेनरल अब्दुलमिर रल्लाले एउटा विज्ञप्ति निकाल्दै द्रूत प्रतिक्रिया जनाउने सेनाको समूहले मोसुल विमानस्थलको दक्षिणमा रहेका दुईवटा गाउँहरु कब्जा गरेको बताए।
सरकारी सेना मोसुलमा प्रवेश गरिरहँदा उक्त क्षेत्रमा फसिरहेका हजारौं मानिसहरुको सुरुक्षाबारे चिन्ताहरु व्यक्त भइरहेका छन्।