अफ्रिदीव्दारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास,घरेलु क्रिकेट भने खेल्ने

 

पाकिस्तान । पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासबाट लिएका छन् । ३६ वर्षी य अफ्रिदीले टेष्ट र एकदिवसीय क्रिकेटबाट सन् २०१५ मा नै विदा लिएका थिए ।
अप्रिल २०१६ मा टी—२० कप्तानबाट हटे । तर, टी—२० खेलिरहे । अब भने उनले सन्यासको घोषणा गरेका छन् । अलराउण्डर अफ्रिदीले भने, ‘मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिएको छु ।’
उनले पाकिस्तानका लागि २७ टेष्टका साथै ३९८ एकदिवसीय र ९८ टी—२० खेलेका छन् ।
अफ्रिदीले घरेलु क्रिकेटलाई भने निरन्तरता दिने बताएका छन् । ‘म मेरा समर्थकहरुका लागि खेलिरहेको छु र अझै २ वर्ष निरन्तरता दिन्छु’ उनले भनेका छन् ।