भोलिदेखि संसदमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय

 

काठमाडौँ । सरकारले आज बेलुकी स्थानीय चुनावको मिति घोषणा गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकमा चुनावको मितिबारे छलफल भए पनि मिति तोक्न भने सकेन । आज बेलुकी बस्ने मन्त्रिपरिषद्को अर्को बैठकले चुनाव मिति घोषणा गर्ने छ ।
यसैगरी बैठकले स्थानीय तह पुनस्संरचना आयोगलाई स्थानीय तहको संख्या बढाउन सुझाव दिएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे नेतृत्वमा गठित आयोगलाई सरोकारवाला, विज्ञ, तराइ, मधेसमा पुनर्संरचनामा देखिएको असनतुष्टि समेतलाई मध्यनजर गर्दै सरोकारवाला र विज्ञसँग छलफल गरेर एक हप्ता भित्र प्रतिवेदन बुझाउन बैठकले आग्रह गरेको छ ।
केही समयअघि आयोगले स्थानीय तह पुनस्संरचनाको पुनरावलोकन सहित प्रतिवेदन बुझाएको थियो । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदनलाई मुनासिव ठानेको छ ।

बैठकले मंगलबारको संसद बैठकमा संविधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।