टेलिकमको शिवरात्री अफर सार्वजनिक

maitrinews

काठमाडौं । उपभोक्ताहरुलाई यथासक्य सहुलियतपूर्ण दूरसञ्चार सेवा उपलब्ध गराउने कम्पनीको नीति अनुसार नेपाल टेलिकमले नेपालीहरुको पवित्र चाड शिवरात्रीको अवसरमा फेस्टिवल अफर ल्याएको छ । यस अफरमा डाटा वण्डल प्याकेज अन्तर्गत ७५ मरुपैयाँमा सय एमवी डाटा र वोनसको रुपमा सय एमवी नै यु टुव डाटा प्याक उपलब्ध गराइएको टेलिकमले जनाएको छ । यो डाटा १५ दिनसम्म प्रयोग गर्न सकिने छ । यस्तैगरी १ सय ५० मा दुई सय एमवी डाटा र वोनसको रुपमा दुई सय एमवी नै यु टुव डाटा प्याक उपलब्ध गराइएको टेलिकमले जनाएको छ । यी दुवै डाटा प्याकेज ३० दिनसम्म २४ सै घण्टा प्रयोग गर्न सकिने छ ।
यस्तै फेसवुक प्याकेज अन्र्तगत २२ रुपैयाँ ६० पैसामा ५ दिनको अवधिका लागि सय एमवी फेशबुक प्याकेज पनि उपलब्ध गराएको टेलिकमले जनाएको छ ।