विदेशी लगानीकर्ताका लागि लगानी गर्न नेपाल उपयुक्त मुलुक – उद्योग मन्त्री

टोक्यो । जापान स्थिति नेपाली दूतावासको आयोजनामा ‘नेपाल ईन्भेष्टमेन्ट सेमिनार’ सम्पन्न भएको छ । जापानी उद्योगी व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा नेपाल सरकारका उद्योग मन्त्री नवीन्द्रराज जोशीले अहिले नेपाल विदेशी लगानीकर्ताका लागि लगानी गर्ने उपयुक्त मुलुक बनेको जानकारी दिनु भएको थियो ।

bakl4

जापान मा स्थापित जापानिज व्यवसायीहरु, लगानी कर्ताहरु संलग्न भएको जापानका कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमलाई बिसेष सम्वोधन गर्दै मन्त्री जोशीले नेपालका विशेष पाँच क्षेत्रमा लगानीकर्ताले विशेष फाईदा लिन सक्ने बताउनुभयो । समारोहमा उहाँले नेपाल सरकारले नेपालको उर्जा क्षेत्रलाई विदेशी लगानीकर्ताका लागि पहिलो प्राथमिकतामा राखेको जानकारी दिनु भयो ।

 

यस्तै दोश्रोमा पूर्वाधार विकास, तेश्रोमा पर्यटन, चौथोमा कृषि र पाँचौमा खनिज पदार्थको उत्पादनमा विदेशी लगानीलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । यस्तै उहाँले नेपाल र जापान सरकार तथा जनताबीचको असल सम्वन्धका लगानीकर्ताले विदेशमा लगानी गरेको जस्तो अनुभव गर्नु नपर्ने बताउनु भयो ।

bal2

नेपालमा आनी मुलुक भन्दा सस्तो र उर्जाशील कामदार हरुको उपलब्ध भएको ले बिदेशी लगानी सफल हुने भन्दै ,
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले नेपाल विश्वका हरेक मुलुकमा पुगेर असल कामदारको अनुभव संगालेका नेपालीहरूको मुलुक भएका कारण ‘लेवर देखी निर्देशकसम्म’ कामदारको अभाव नहुने दावी गर्नुभयो । भन्नुभयो,’ नेपालीको क्षमता उर्जाशिल भएको कारण नेपाल सरकारले लगानी सुनिश्चितता भए लगत्तै देखी सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

यस्तै नेपालमा सबै राजनीतिक दलहरूले बिकासका काममा कुनै अबरोध उत्पन्न नगर्ने प्रतिबद्दता गरेको, लामो समय देखीको लोडसेडिगंको अन्त्य भएको लगायतका डिजिटलाईजेशनको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

 

यसैगरि उहाँले मार्च २ र ३ मा काठमाण्डौमा हुने लगानी सम्मेलनमा सहभागिमा सहभागि हुन जापानीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा जापानीहरूले नेपालमा सुरक्षा अवस्था कस्तो छरु सडक, पानी र विजुलीको संजालको बारेमा जिज्ञासा राखेका थिए । उनिहरूको जिज्ञासालाई मन्त्री जोशीले सवै क्षेत्रमा सुधार हुदै आएको कुल ७५ जिल्ला मध्ये ७४ जिल्लामा सडक संजाल पुगेको, पानीको अभावमा सुधार आएको र सन २०२२ सम्ममा मुलुक भरि विधुत लाईन विस्तार भईसक्ने जानकारी दिदै सवै जिज्ञासालाई सम्बोधन गर्नुभएको थियो ।

जापानका लागि नेपाली कार्यबाहक राजदूत कृष्णचन्द्र अर्यालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा उर्जा विज्ञ डा राम गिरीले नेपाल मा बिदेशी लगानी को सम्ब्यता सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो र अन्तरास्ट्रिय कानुन व्यवसायी बलराम श्रेष्ठले नेपाल मा बिदेशी लगानी गर्दा व्यवस्थिति भएको सुरस्क्षित रास्ट्रिय अन्तरास्ट्रिय कानुन को बिसयमा प्रस्तुति गर्नु गर्दै नेपालमा लगानीकर्ताले लगानी गर्न सक्ने बिसयहरु ,नेपाल मा विदेशीले लगानी गरि लिन सक्ने फाईदाहरु , नेपाल मा गरिने बिदेशी लगानी प्रति नेपाल कानुन र अन्तरास्ट्रिय सन्धि सम्झौता कानुन ले गरेको सुरक्षा, नेपाल मा लगानी गरे पश्चात त्यसबाट आउने प्रतिफल ,बोनस , बिदेशी लगानीको मूल रकम फिर्ता लान नेपाल गरेको कानुनी ग्यारेन्टी ,लगानी गरेपछि हुन् सक्ने विवाद मा समाधान गर्ने कानुनी पद्धती ,अहिले ,१९८९ देखि २०१६ सम्म नेपाल मा विदेशीले गरेको लगानी प्रतिफल आदि बिसयम व्यापक जानकारी गरिएको थियो र

जापान मा प्रथम पटक मन्त्रि स्तरीय रुपमा जापानी उधोगपतिहरुलाई केन्द्रिकृत गरि गरिएको नेपाल लगानी सेमिनार मा सहभागी जापानिज उधोगी ब्यापारी हरुले नेपालमा लगानी गर्न रुचि रहेको जानकारी हुन् आएको छ र