सिरियामा आत्मघाती आक्रमण,गुप्तचर प्रमुखसहित ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते

सिरिया । सिरियाको होम्स शहरस्थित दुईवटा सुरक्षा हाताभित्र गराइएका आत्मघाती बम हमलामा दर्जनौं मानिस मारिएका छन्।
मारिनेमा सेनाको गुप्तचर निकायका स्थानीय प्रमुख पनि छन्।
हमलामा मारिनेहरुको संख्या ४० भन्दा बढी रहेको केही विवरणहरुमा उल्लेख छ।
जिहादी समूह ताहरिर अल(शामले आफूले हमला गराएको दावी गरेको छ।
सन् २०१५ को डिसेम्बरमा युद्धविराम सम्झौताअन्तर्गत लडाकुहरुले छोडेयता होम्स शहरका बाँकी क्षेत्रमाथि सिरियाली सरकारको नियन्त्रण रहिआएको छ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार आक्रमणकारीहरुले शहरस्थित सैन्य सुरक्षा मुख्यालय तथा राष्ट्रिय सुरक्षाको एउटा शाखालाई निशाना बनाएका थिए।
कडा सुरक्षा व्यवस्था रहने गरेको गौसा र माहाट्टा जिल्लाहरुमा हमला भएका हुन्।
राज्य नियन्त्रित टेलिभिजनका अनुसार प्रान्तीय सैन्य गुप्तचर प्रमुख जनरल हस्सन दाबुल पनि आक्रमणमा मारिएका छन्।
उनी राष्ट्रपति बशर अल(असादका एकजना नजिकका सहयोगी थिए।
आक्रमणको जिम्मेवारी दावी गरेको समूह ताहरिर अल(शामले आफ्ना पाँचजना हमलाकारी आक्रमणमा संलग्न भएको बताएको छ।
गत जुलाइमा अल(कायदासँग सम्बन्ध तोडिनुअघि नुस्रा फ्रन्ट नामले चिनिने गरेको जब्हात फातेह अल(शाम सिरियाका साना समूहहरुसँग गाभिएका बेला ताहरिर अल(शाम गठन भएको थियो।
यसै महिनाको शुरुतिर ताहरिर अल(शामले हाशिम अल(शेख आफ्नो समूहको नेता भएको घोषणा गरेको थियो।
त्यसअघि उनले शक्तिशाली इस्लामवादी समूह अहरार अल(शामको नेतृत्व गरेका थिए।