हुम्लामा कर्मचारी अभाव

हुम्ला, १७ फागुन। यहाँको जिल्ला अदालत र अन्य सरकारी कार्यालय समेतमा कर्मचारी नभएको पाइएको छ । अन्य सरकारी कार्यालयमा पनि कर्मचारी अभाव भएको स्थानीय विकास अधिकारी बलदेवप्रसाद जैसीले बताउनुभयो । योजना तर्जुमा गोष्ठी र अन्य बैठकमा विभिन्न निकायका प्रमुखहरुको उपस्थिति हुने नगरेको उहाँले बताउनुभयो ।
गाविसबाट आएका योजना समावेश गर्न जिल्ला परिषद् हुने टुङ्गो लागेको छैन । प्रायः सरकारी कार्यालयमा प्रमुख छैनन् । मालपोत कार्यालयका लालप्रसाद ढकालले मुक्त हलियाका लागि कार्यालयमा परिचयपत्र दिने कामका लागि सधैँभरि भीड लाग्नेगरेको जानकारी गराउँदै कार्यालयको काम विस्तार हुँदैछ भन्नुभयो ।
सदरमुकाममा आएका हलियाहरु पैसा नपाउँदा रु छ हजारदेखि रु १० हजारसम्म होटलमै खर्च हुने गरेको सिमिकोटकै पिउली शाही र हरिवाने शाहीले पत्रकारलाई जानकारी दिनुभयो। रासस