अमेरिकाको सुरक्षा खर्चमा भारी बृद्धि गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनकै शब्दमा सुरक्षा खर्चका लागि ऐतिहासिक वृद्धि गर्ने बताएका छन्।
ह्वाइट हाउसका अधिकारीहरुले पेन्टागनका लागि अहिलेको बजेटमा झण्डै १० प्रतिशत अर्थात् करिब ५४ अर्ब डलर वृद्धि गर्न ट्रम्पले चाहेको बताएका छन्।
उनले आफ्नो प्रशासनले अर्को महिना बजेटको पहिलो प्रस्ताव संसदमा पेश गर्ने बताए।
राष्ट्रपति ट्रम्पले योजना गरेको बजेटलाई संसदले अनुमोदन गर्नुपर्नेछ।
सुरक्षा बजेट सन् २०१० यता घट्दै आइरहेको थियो र अब ट्रम्पले त्यसलाई बढाउन चाहेका छन्।
अमेरिकाले अहिले सुरक्षाका लागि वार्षिक ६ सय अर्ब डलर खर्च गरिरहेको छ।
तर अब ट्रम्पले उक्त खर्चमा ५४ अर्ब डलर थप्न चाहिरहेका छन् जुन अहिलेको भन्दा करिब १० प्रतिशत बढी हो।
पेन्टागनको बजेटमा यति रकम थपिँदा त्यो लगभग युद्धका बेला खर्च गरिने रकमको हाराहारी हुन आउँछ।
फागुन १७ गते ।