मधेसी मोर्चाका नेताहरुव्दारा स्थानीय निर्वाचन भाँड्न कार्यकर्तालाई निर्देशन

काठमाडौं । मधेसी मोर्चाका नेताहरुले स्थानीय निर्वाचन बहिष्कार गर्ने र निर्वाचन भाँड्न कार्यकर्तालाई निर्देशन दिएका छन् । सरकारले संशोधन विधेयक थाती राखेर स्थानीय चुनावमा जानुपर्ने बताएपछि आन्दोलनमा उत्रिने रणनीति तय गर्न मधेसी दल आन्तरिक छलफलमा जुटेका छन्। तमलोपा, सद्भावना र राष्ट्रिय मधेस सद्भावना पार्टीले आन्दोलन तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेका छन्। ती दलको बैठकले यस्तो निर्णय गरेको हो।
तमलोपा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले काठमाडौंमा रहेका केन्द्रीय नेताहरूलाई शुक्रबारदेखि जिल्ला जान निर्देशन दिनुभयो। जिल्ला–जिल्ला पुगेर स्थिति बुझ्न उहाँले केन्द्रीय नेताहरूलाई आदेश दिनुभएको छ। तमलोपा बैठकले संविधान संशोधनबिना गरिने चुनाव बिथोल्न प्रतिकारमा जुट्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष्यज्यूले केन्द्रीय नेताहरूलाई काठमाडौंमा नबसी जिल्ला जान निर्देशन दिनु भएको छु, बैठकपछि तमलोपा सहमहामन्त्री राकेश मिश्रले भन्नुभयो, ुआन्दोलनको तयारी गर्न गाउँगाउँमा जान उहाँले हामीलाई भन्नुभएको छ।
स्रोतका अनुसार बैठकमा ठाकुरले प्रधानमन्त्रीसँग भएका वार्ताको विस्तृत जानकारी गराउनुभएको थियो।ठाकुरले परिमार्जनसहित संशोधन विधेयक पास नभएसम्म चुनाव हुन नसक्ने र सरकारले जबरजस्ती गरे बिथोल्ने बताएउनुभयो। बैठकले संशोधन विधेयक पास नभए वैशाख ३१ गते गर्ने भनिएको स्थानीय चुनाव गर्न नदिने निर्णय गरेको छ,मिश्रले भन्नुभयो।
यसैगरी सद्भावना पार्टी केन्द्रीय समितिले शान्तिपूर्ण तथा अहिंसात्मक आन्दोलन गर्ने निर्णय गरेको छ। समितिले आन्दोलनको रुपरेखा तयार गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ। सरकारले संशोधन विधेयक पास नगरीकनै चुनाव गर्न खोजेको निष्कर्ष बैठकले निकालेको छ। बैठकले अहिसात्मक तथा शान्तिपूर्ण आन्दोलनको रुपरेखा तयार गर्न मातहतका समितिलाई निर्देशन दिएको छ, पार्टी महासचिव मनीष सुमनले भन्नुभयो।
बैठकमा अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री द्विविधामा फसेको जानकारी गराउँदै शान्तिपूर्ण आन्दोलनबाटै मधेस मुद्दा सम्बोधन गर्न सरकारलाई बाध्य बनाउनुभयो।
राष्ट्रिय मधेस समाजवादी पार्टी केन्द्रीय समितिको बैठकमा पनि आन्दोलनबारे छलफल भयो। भण्डाफोर अभियानपछि मोर्चाले सशक्त कार्यक्रम तय गर्नुपर्ने धारणा बैठकमा नेताहरूले राखेका थिए। सशक्त आन्दोलनमा जाने निर्णय भएको छ। आन्दोलनबाहेक अब अर्को विकल्प नै छैन, पार्टी महासचिव केशव झाले भन्नुभयो।
फागुन २० गते ।