संयुक्त मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन आज फिर्ता लिदै

काठमाडौँ । मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ । मध्ये तराईको सप्तरीमा नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा सोमबार भएको घटनापछि सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिन लागेको मधेश केन्द्रित दलहरुको मोर्चाका एक नेताले बताएका छन्।
मोर्चामा आवद्ध सदभावना पार्टिका महासचिव मनिष सुमनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सबै घटकहरुले सरकारलाई दिंदै आएका समर्थन आज फिर्ता लिने बताउनुभयो। बैठकपश्चात सभामुख वा राष्ट्रपतिलाई यो निर्णयको लिखित पत्र नै बुझाउनेछौं, उहाँले भन्नुभयो । मोर्चाले मधेशमा आज र भोलि हडतालको आह्वान गरेको छ ।

फागुन २४ गते ।