विश्व बैंकको टोलीद्वारा चन्द्रागिरि भ्रमण
काठमाडौं,२ चैत २०७३–विश्व बैंकका कार्यकारी निर्देशक अदीन हदियान्तोले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक भ्रमण गर्नुभएको छ । भ्रमणको क्रममा निर्देशक हदियान्तोले नेपालको नीजि क्षेत्रको लगानीमा निर्माण गरिएको चन्द्रागिरि हिल्स नमुनायोग्य परियोजना भएको बताउनुभयो। यस्ता धेरै परियोजना निर्माण गरेर नेपालको पर्यटन उधोगलाई प्रवद्र्धन गर्दै राष्ट्रको आर्थिक विकास गर्न सकिने धारणा राख्नुभएको थियो। यस्तो उदाहरणीय कार्य गरेकोमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र वहाँको समुहको उच्च प्रशंसा गर्दै निर्देशक हदियान्तोले सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
भ्रमण टोलीमा विश्व बैंकका नेपालस्थित प्रतिनिधि रेहन रसिदे उपस्थिती हुनुभएको थियो । भ्रमणमा रहेको टोलीलाई चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र प्रसाद ढकाल एवम्संचालक हेमराज ढकालले स्वागत गर्दै परियोजनाको स्थलगत अवलोकन गराउनुभएको थियो ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्नु भयो।