महिन्द्रा गाडीहरु अब अनलाइन मार्फत बुकिङ्ग

काठमाडौं, ३ चैत । महिन्द्रा गाडी तथा ट्रयाक्टरहरुको नेपालका लागि एक मात्र आधिकारीक वितरक अग्नि इन्कर्पोरेटेड प्रा. लि. ले सेवाग्राहीहरुलाई थप सेवा र सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप अब अनलाइन मार्फत गाडिहरुको बुकिङ्ग प्रकृयाको सुरुवात गरेको छ । गाडी बुकिङ्ग गर्ने ग्राहकहरुले यस कम्पनीको वेब साइटमा गई उपलब्ध गाडीहरुको मोडल नं., बिक्री मूल्य हेरी खरिद गर्नुका साथै ई–सेवा मार्फत नै रकम भुक्तान गरेको भौचर समेत प्राप्त गर्न र गाडी खरिद गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । उक्त वेबसाइट आफ्नो बेटा भर्जनमा रहेको पनि कम्पनीले व्यक्त गरेको छ ।
नेपालभर रहेका महिन्द्रा गाडिहरुको शोरुम मार्फत बिक्री बितरण गर्न सकिने गरी कम्पनीले अनलाइन सेवा सुरुवात गरेको छ । सेवाग्राहीहरुलाई अझै सहजता प्रदान गर्ने उद्देश्य अनुरुप यो सेवा प्रदान गरिएको छ जस मार्फत महिन्द्रका विभिन्न उत्कृष्ट गाडिहरु ज वेबसाइट मार्पmत अनलाइन बुकिङ्गका लागि उपलब्ध रहेका छन् । हाल यो सेवा काठमाडौं उपत्यका र विदेशमा रहेका ग्राहकहरुको लागि उपलब्ध गराइएको छ ।
धेरै भन्दा धेरै सेवाग्राहिहरु माझ पुग्ने र उनिहरुको पहुँच बढाउने उद्देश्य अनुरुप यो वेबसाइट मात्र एक प्रारम्भिक डिजिटल पहल हो । आगामी दिनहरुमा वेबसाइट मार्फत थप प्रोडक्टहरु उपलब्ध गराउनुका साथै प्रयोग गर्न झनै सरल बनाउँदै लाने कम्पनीले जनाएको छ ।