सुनको मूल्यमा एकै दिन २० हजार ५ सयले बढ्यो, ३ लाख ११ हजार माथि कारोबार
काठमाडौँ, १७ जेठ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा ऐतिहासिक वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एकैदिन सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको हो।
महासंघले सार्वजनिक गरेको नयाँ दररेट अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि शनिबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार बजारमा चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।