शरणार्थी बोकेको डुंगामा हेलिकोप्टरबाट क्षेप्यास्त्र प्रहार, महिला र बालबालिकासहित ३१ जनाको मृत्यु, ८० भन्दा बढी घाइते

 
यमन । अन्तर्राष्ट्रिय आप्रवासन सगठनका अनुसार यमनको तटपारी एक हेलिकोप्टरबाट भएको क्षेप्यास्त्र हमलापछि कम्तीमा ३१ जनाको ज्यान गएको छ। मारिनेहरुमा महिला तथा बालबालिका रहेको बताइएको छ।
सोमालियाका शरणार्थी बोकेर यमनको बाब अल(मन्डेब नजिकैको समुद्र ुरेड सीुबाट अघि बढिरहेको डुंगामा क्षेप्यास्त्र प्रहार भएको आईओएमले जनाएको छ।
आक्रमणपछि खिंचिएका तस्वीरहरुमा डुंगा क्षतविक्षत भएको र त्यहाँ शवहरु छरिएको देख्न सकिन्छ।
मारिएका केही मानिसले राष्ट्रसंघीय शरणार्थी परिचयपत्र बोकेको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसीआरले जनाएको छ।
आईओएमका अनुसार क्षेप्यास्त्र आक्रमणपछि करीब ८० जना घाइतेको उद्धार गरी अस्पताल पुराइएको थियो।
आक्रमण कसले गरेको हो त्यो प्रष्ट भएको छैन।
तर नजिकैको बन्दरगाह यमनमा दुई वर्षदेखि साउदी नेतृत्वको गठवन्धन सेनाविरुद्ध लडिरहेको हुथी विद्रोहीहरुको नियन्त्रणमा रहेको छ।
चैत ५ गते ।