उत्तर प्रदेशको मुख्यमन्त्रीमा योगी आदित्यनाथ
उत्तर प्रदेश । नेपालमा हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गर्दै आएका एकजना योगी भारतको उत्तरप्रदेश राज्यको मुख्यमन्त्री पदका लागि चयन भएका छन्।
भारतीय जनता पार्टी बीजेपीको संसदीय दलको बैठकले योगी आदित्यनाथलाई मुख्यमन्त्री पदका लागि चयन गरेको थियो।
गोरखपुरको सांसद रहेका योगी आदित्यनाथ नेपालसँग सीमा जोडिएको भारतकै सबैभन्दा ठूलो राज्यको मुख्यमन्त्रीमा चयन हुनुलाई निकै चासोका साथ हेरिएको छ।
गोरखपुरबाट पाँचौपटक सांसद बनेपनि गत वर्षदेखि मात्र उनी मुख्यमन्त्री बन्नसक्ने चर्चा हुन थालेको थियो।
उत्तराखण्डस्थित गढवालको गाउँका अजय सिंह विष्टबाट योगी आदित्यनाथ बनेका उनको जीवनको पूर्वार्धबारे धेरैलाई जानकारी छैन।
आखिर अढाई करोड जनतासँग जोडिएको नेपाल, जुन नेपालका राजालाई सनातन हिन्दु राजाको रुपमा मान्यता प्राप्त छ। कतिपय तीर्थस्थलमा शंकराचार्य र हिन्दु राजामात्रै जान पाउने अवसरबाट नेपाललाई किन बञ्चित गरियोरु
योगी आदित्यनाथ
उनीविरुद्ध सामाजिक सद्भावलाई नोक्सान पुर्याएको, धर्मस्थलाई क्षति पुर्याएको लगायतका तीनवटा मुद्दा छन्।
नेपालमा राजतन्त्र र हिन्दुराष्ट्र समाप्त भएकोमा दुःख प्रकट गर्ने उनी नेपालमा राजतन्त्र फर्कनुपर्ने मत राख्छन्।
गत कार्तिक महिनामा पाशुपत क्षेत्रस्थित पर्ने वनकालीमा आयोजित ुविराट विश्व हिन्दु सम्मेलनु मा पूर्वराजा ज्ञानेन्द्र र आदित्यनाथ एउटै मञ्चमा थिए।
त्यहाँ राजतन्त्र पुनर्स्थापनाका पक्षधरलाई हौस्याउँदै आदित्यनाथले भनेका थिए, ूआखिर अढाई करोड जनतासँग जोडिएको नेपाल, जुन नेपालका राजालाई सनातन हिन्दु राजाको रुपमा मान्यता प्राप्त छ। कतिपय तीर्थस्थलमा शंकराचार्य र हिन्दु राजामात्रै जान पाउने अवसरबाट नेपाललाई किन बञ्चित गरियो ।
चैत ६ गते ।