चेम्वर पदाधिकारीसँग जापानका पुर्व प्रधानमन्त्रीको भेट

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा कार्य समितिका सदस्यहरु लगायत प्रतिष्ठित अन्य उद्योगी व्यवसायीहरुसँग चेम्बर भवन, कान्तिपथमा जापानका भूतपूर्व प्रधानमन्त्री माननीय डा. यूकियोहातोयामासंग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा चेम्बरका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले स्वागत गर्नु हुदै नेपाल र जापानको दौत्य सम्बन्ध अत्यन्त सुमधुर रहेको साथै नेपालको भौत्तीक निर्माणमा जापानी सहयोग महत्वपूर्ण रहेकोउल्लेख गर्दै जापानी उद्योगपति तथा व्यवसायीहरुले नेपालमा पर्यटन, कृषि, जलविद्युत क्षेत्रमा लगानी गरेर फाइदा उठाउन सक्ने भएकाले लगानी गर्न आग्रह गरे ।


कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. हातोयामाले उपस्थित उद्योगी व्यवसायीहरुलाइ सम्बोधन गर्दै १९५६ मा नेपाल जापान दौत्य सम्बन्ध स्थापना भएको र त्यस बेला मेरा हजुरबुबा जापानको प्रधानमन्त्री भएकाले मेरो नेपालसँग भावनात्मक सम्बन्ध रहेको बताउनु हुदै म पहिलो पटक नेपाल आउदा संविधान सभाको निर्वाचन हुन गइरहेको र यस पटक आउदा संविधान कार्यान्वयन गर्ने अवसर परेको वताए ।

प्रकाशित मिति चैत्र ६ गते ।