स्वाइप मेसिन प्रयोग गरी करोडौँ ठगी गर्ने गिरोह पक्राउ, इञ्जिनियरसमेत संलग्न

काठमाडौं । प्वाइन्ट अफ सेल मेसिन९स्वाइप मेसिन०बाट गिरोहले करोडौं रुपैयाँ ठगी गरेको भेटिएको छ। महानगरीय अपराध महाशाखाले ठगी आरोपमा पक्राउ गरी सार्वजनिक गरेका आठ जनाले नेपाल र भारतका प्वाइन्ट अफ सेल मेसिनबाटै तीन करोड रुपैयाँ निकालिसकेका छन्। सो समूहमा इन्जिनियरसमेत छन्।
‘व्यापारी र गिरोहको मिलेमतोमा विदेशीका डेबिट कार्ड, क्रेडिट कार्ड, सेक्युरिटी कार्ड, प्रिपेड कार्ड र ब्ल्यांक कार्डमा किर्ते गरी रकम निकालेको भेटियो, एटिएमपछि गिरोह स्वाइप मेसिनको प्रयोग गरी ठगीमा सक्रिय देखियो,’ एसएसपी अमात्यले भने।
हाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले भारतीय र नेपाली ठगले ह्याकर समूहबाट खरिद गरेका विदेशी नागरिकका कार्ड नम्बर प्रयोग गरी प्वाइन्ट अफ सेल मेसिनबाट रकम निकालेको बताए। उनले क्यासिनो र एडिडासको सोरुमबाट करोडौं रकम निकाल्ने योजना बनाइरहेका बेला आठ जनाको गिरोह पक्राउ परेको दाबी गरे।
‘व्यापारी र गिरोहको मिलेमतोमा विदेशीका डेबिट कार्ड, क्रेडिट कार्ड, सेक्युरिटी कार्ड, प्रिपेड कार्ड र ब्ल्यांक कार्डमा किर्ते गरी रकम निकालेको भेटियो, एटिएमपछि गिरोह स्वाइप मेसिनको प्रयोग गरी ठगीमा सक्रिय देखियो,’ एसएसपी अमात्यले भने।
घटना अनुसन्धान गरिरहेका डिएसपी अजय केसीका अनुसार पक्राउ परेका सुरेश केसीले भारतमा चार वर्षको बसाइमा कार्ड ठगीको अन्तर्राष्ट्रिय गिरोहसँग काम गरेका थिए। गिरोहसँग मिलेर भारतमै करोडौं रकम निकालिसकेपछि उनी नेपाल आएको केसीले बताए।
चैत ९ गते ।