युरोपेली संघ सदस्य राष्ट्रहरुबीच एकतामा जोड, नयाँ घोषणामा हस्ताक्षर

रोम । युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले एकताबद्ध नभएमा राजनीतिक इकाईका रुपमा युरोप नरहने भन्दै रोममा भेला भएका २७ इयु राष्ट्रप्रमुखलाई चेतावनी दिएका छन्।
ब्रिटेन बाहेक २७ देशले युरोपेली संघ स्थापना गरेको सन् १९५७ को रोम सन्धिलाई पालना गर्ने नयाँ घोषणामाथि हस्ताक्षर गरेका छन्।
युरोपेली परिषद्का प्रमुख यँ(क्लड युंकरले अगाडि बढ्ने बाटोमा नयाँ सकारात्मक भावनाको चर्चा गरे।
सन् १९५७ को मार्च २५ तारिखमा रोम सन्धिमाथि ६ देशले हस्ताक्षर गरेको स्थान क्यापिटलाइन हिलमा २७ नेताले एकताको घोषणामाथि हस्ताक्षर गरेका छन्।