मुग्लिन—नारायण सडक खण्डमा सुख्खा पहिरो,दुई जनाको मृत्यु, केही बेपत्ता

 

नारायणगढ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन—नारायणगढ सडक खण्डको घुमाउनेमा खसेको सुख्खा पहिरोले सवारी साधन पुर्दा २ जनाको मृत्यु भएको छ भने अर्का दुई जनाको भने उद्धार गरिएको छ । पहिरोमा केही व्यक्ति पुरिएको अनुमान गरिएको छ । ठूलो पहिलो गएकाले सडक पूर्णरुपले अबरुद्ध भएको छ ।

पहिरोमा परेर गम्भीर घाईते भएका दुई जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, पहिरोमा परी पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएको अनुमान छ ।

बिहान १०ः४० बजेको समयमा सुख्खा पहिरो जाँदा सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको थियो । । उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको छ ।

यो सडक विस्तारको काम भइरहेको छ । विहान १० बजेदेखि ४ बजेसम्म बाटो बन्द गरेर विस्तार गर्ने गरिएको छ । भरतपुर २० मा पर्ने घुमाउनेमा सुख्खा पहिलो खस्दा सडकमा गुडिरहेका सवारी परेका हुन् । प्रहरीका अनुसार पहिरोमा ट्याकर, जिप, ट्रक र दुई वटा मोटरसाइकल परेका छन् । ठूलठूला ढुंगाहरु नै खस्दा सवारी साधनमा क्षति पुगेको छ ।
पुरिएका सवारीमा कति जना पुरिएका छन् स्पष्ट भएको छैन । अहिले उद्धार टोली घटनास्थल पुगिसकेको छ ।

चैत २१ गते ।