सप्तरीमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु, पाँचजना घाइते, एकजनाको अवस्था गम्भीर

सप्तरी । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीले सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर बजार छिरेर आक्रमण गर्दा हनुमाननगर योगिनिमाई नगरपालिकाका रोशन झा र सञ्जय साफीको मृत्यु भएको हो ।

आक्रमणबाट गम्भीर घाइते भएका ३३ बर्षीय झालाई उपचारका लागि धरानको बि।पि। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको केही समयमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । साफीको पनि उपचारका क्रममा धरानमा मृत्यु भएको हो ।

कार्यालयका प्रमुख, सई भवानी ठाकुरका अनुसार हात्तीले गरेको आक्रमणबाट ५ जना घाइते भएका छन् । यसमध्ये एक जनाको अवस्था गम्भीर छ ।

घाइते हुनेहरुमा हनुमाननगरका कालीचरण दास, नविना खातुन, संगीत साह, बसन्त मण्डल र ईर्साद अली रहेका छन् । घाइतेहरुको गजेन्ऽनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
सम्भवतः कुनै पनि बजारमा बिहान १० बजेदेखि चहलपहल बढ्न थाल्छ । हनुमाननगर बजारमा पनि चहलपहल बढ्नै लागेको थियो ।
जिल्लाको दक्षिणी तथा मध्य क्षेत्रको प्रमुख बजार मानिने हनुमाननगरमा चहलपहल बढ्नै लाग्दा हात्तीले प्रवेश गर्‍यो । स्थानीयहरुका अनुसार पूर्वपट्टीबाट छिरेको हात्तीले मान्छे देख्नेबित्तिकै आक्रमण गर्न शुरु गरेको थिए ।
इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रमुख सई ठाकुरले हात्ती बजारको चारैतिर घुम्दै व्यक्तिलाई आक्रमण गरेका छन् । ‘बिहान १० बजेतिर आएको हात्ती एक्कासी व्यक्तिमाथि आक्रमण गर्न थाल्दा भागाभागको स्थिति उत्पन्न भयो’ उनले भने, ‘हात्तीलाई देखेर खुलेका पसलहरु धमाधम बन्द गरियो भने भित्रबाट घर लगाएर स्थानीयहरु सुरक्षित बने ।’
उनका अनुसार त्रासका कारण अहिले पनि हनुमाननगर बजार बन्द छ । हात्तीलाई गाउाले मिलेर धपाइए पनि स्थानीय त्रसित देखिएको उनले बताए ।
चैत २२ गते ।