अमेरिकाव्दारा सिरियामाथि ५० भन्दा बढी क्षेप्यास्त्र आक्रमण, सिरिया र रुसव्दारा कडा विरोध(हेर्नुहोस् क्षेप्यास्त्र आक्रमण भिडियोमा)

सिरिया । अमेरिकाले सिरियामाथि क्षेप्यास्त्र आक्रमण गरेको छ । पचासभन्दा धेरै टोमाहक क्षेप्यास्त्र भूमध्यसागरमा रहेको अमेरिकी नौसैनिक युद्धपोतबाट प्रहार गरिएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले रासायनिक हमला गरिएको ठानिएको सिरियाली हवाई अखाडामा अमेरिकी सैन्य कारवाहीको आफूले आदेश दिएको बताउनुभाये।
उहाँले भन्नुभयो,रासायनिक अस्त्रको विस्तार र प्रयोग अमेरिकी राष्ट्रिय सुरक्षा स्वार्थ विपरीत छ। सिरियाले अमेरिकी आक्रमणको भत्सर्ना गरेको छ।
केही दिन अगाडि उत्तरी सिरियामा रासायनिक अस्त्रले हमला गर्न प्रयोग गरिएको भनिएको होम्स नगरमा रहेको सिरियाली हवाई अखाडालाई पनि क्षेप्यास्त्र प्रहारको निशाना बनाइएको बताइएको छ।
आक्रमणको केहि अघि रुसले सिरिया विरुद्धको अमेरिकी सैनिक कारबाहीले नकारात्मक परिणाम निम्त्याउने चेतावनी दिएको थियो।
राष्ट्रसंघका लागि रुसी दूतले अमेरिकाले विगतमा इराक र लिबियामा गरिएका सैनिक कारबाहीका परिणामबारे शुरुमा ध्यान दिनुपर्ने बताएका थिए।
यसअघि अमेरिकी अधिकारीहरुले सिरियामा गरिएको रासायानिक आक्रमणको प्रतिक्रियामा सम्भावित सैनिक कदमबारे विचार गरिरहेको बताएका थिए।
अमेरिकी क्षेप्यास्त्रहरुले मंगलबार रासायनिक आक्रमणका लागि प्रयोग गरिएको भनिएको सेराहत स्थित हवाई अखडामा आक्रमण गरेको अधिकारीहरुलाई उदृत गर्दै उल्लेख गरिएको छ।
मंगलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले भावी दिनमा सिरियाली नेता बसर अल असदको सत्तामा कुनै भूमिका नहुने बताउनुभएको थियो।
चैत २५ गते ।