निजी क्षेत्रलाई एकढिक्का वनाएर अगाडि बढाउँछु : शेखर गोल्छा,वरिष्ठ उपाध्यक्ष , नेपाल उद्योग वाणिज्य महासंघ


नेपाल उद्योग वाणिज्य महासंघको २९ चैतेसम्पन्न साधराणसभावाट युवा उद्यमी शेखर गोल्छा महासंघको वरिष्ठ उपाध्यक्षमा अत्याधिक वहुमतले विजयी हुनुभएको छ । दुई पक्षवीच भएको प्रतिस्पर्धामा गोल्छाले आफ्नो प्रतिद्वन्द्वीलाई भारी मतले पछार्दै महासंघको आगामी कार्यकालका लागि आफ्नो अध्यक्ष पद समेत सुरक्षित गर्न सफल हुनुभएको छ । महासंघको विधान अनुसार आगामी कार्यकाल पश्चात गोल्छा महासंघको स्वतः अध्यक्ष बन्नु हुनेछ । यसै परिवेशम महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष गोल्छासँग महासंघको विभिन्न पक्षमा अधारित रही गरिएको कुराकानीको संक्षेप :

महासंघको वरिष्ठ उपाध्यक्षमा भारी मतले विजयी हुनुभयो । तपाईं अव कसरी अगाडि बढ्नु हुन्छ ?

महासंघलाई सुदृढ र एकतावद्ध वनाएन लैजाने मेलै प्रयास हुने छ । यसका लागि हाम्रोसिङगो टिम लागि पर्ने छ । हमीले अव अध्यक्षलाई सहयोग गरेर अगाडि बढ्ने हो । भवानी राणा अध्यक्ष वन्नु भएको छ । उहाँको कार्यकाल सफल गराउन हामी लाग्छौं । उहाँले गर्ने कामलाई कसरी प्राथमिकता दिने भन्ने मेरो जिम्मेवारी हो । उहाँलाई सहयोग गर्दै गर्दा नै मेरो लक्ष्य पनि पूरा हुनेछ । किनभने हामी दुवैको एउटै लक्ष्य हो, आर्थिक विकास र समृद्धि ।

यहाँको विचारमा नेपालमा सिघ्र आर्थिक विकासको संभावना कस्तो छ ?

त्यो संभावना छ । नेपाल आर्थिक विकासका हिसाबले स्वर्णिम युगमा प्रवेश गर्दै छ, जुन मौका ३० वर्षपछि आएको छ । सन् १९९० को दशकमा निजीकरण सुरु भएको थियो । त्यसले ७ तथा साढे ७ प्रतिशत आर्थिक वृद्धिदर भएको थियो । त्यसपछि फेरि राजनीतिक द्वन्द्व भयो । राजनीतिक अस्थिरताले लगानी आउन सकेन । हाम्रो अर्थतन्त्र पनि क्रमशः कमजोर हँुदै गयो । औद्योगिक क्षेत्रको योगदान १४ देखि १५ प्रतिशत थियो, त्यो क्रमशः घट्न थाल्यो । हामी औसत आर्थिक वृद्धिदर २ देखि ३ प्रतिशतमा सीमित भयौं । फेरि ‘गोल्डेन’ समय आएको छ । आर्थिक परिसूचकहरू राम्रो हुँदै गएका छन् ।

चुनौती पनि त छ नि होइन ?

हामीजस्तै अविकसित अन्य देशमा देखिने चुनौती हामीकहाँ छैनन् । धेरै मुलुकमा शोधनान्तर स्थिति कम छ । यसलाई विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाले ऋण दिएर सुधार्न कोसिस गर्न खोजिरहेका छन् । तर नेपालमा अझै पनि १२ महिनाको सञ्चिति छ । हाम्रो मुद्रा भारतसँग पेग भए पनि स्थीर छ । माग र आपूर्तिका हिसाबले हाम्रो मुद्रा बलियो छ । अर्कोतर्फ, पहिलो सात महिनामा १५ प्रतिशतले निर्यात बढेको छ । ऊर्जाको समस्या थियो, त्यो कम भएर पनि औद्योगिक उत्पादन बढेको छ । कृषि उत्पादन पनि बढी नै छ । पर्यटनमा ६० प्रतिशतले वृद्धि भएको छ । समग्र सूचकहरू राम्रो देखिएका छन् । हामी करिब ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै छौं ।

नाकावन्दी र भूकम्पको प्रभावपछि पनि तिव्र आर्थिक वृद्धि संभव भयो नि होइन ?

चुनौतिले नै अवसरको सृजना गर्ने हो । गएकोबर्ष अािथृक वृद्धिदर अत्यन्तै न्युन रह्यो । तर यस बर्ष शुरु देखि नै सवैकुरा राम्रो भैरहेको छ । नाकाबन्दी र भूकम्पलगत्तैको वर्षमा यति वृद्धिदर हुनु सकारात्मक हो । हाम्रामा ६० प्रतिशत जनसंख्या आर्थिक गतिविधिमा सक्रिय छन् । तर अविकसित मुलुकमा यस्तो अवस्था छैन । निजी क्षेत्रले उठाउँदै आएका ऊर्जा समस्या समाधान हुँदै आएको छ । औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र (सेज) ऐन पनि निजी क्षेत्रले भनेअनुसार आइसकेको छ । श्रम ऐन आउन लागेको छ । श्रम लचकतालाई त्यसमा समावेश गरिएको छ । वाणिज्य ऐन, कालोबजारी ऐनलगायत धेरै ऐन आउन बाँकी छन, तर काम सुरु भइसकेको छ । बन्द हडताल हुने क्रम कम भएको छ । श्रम सम्बन्ध सुधार भइरहेको छ ।

महासंघमा विद्यमान चरम गुटबन्दीको अशर कस्तो पर्ला ?

चुनावका बेला गुटबन्दी हुनु स्वाभाविक हो । चुनाव सकिएपछि गुटबन्दी रहनु हुन्न । हाम्रामा जित्नेले उन्माद गर्ने, घमन्ड गर्ने र हार्नेले प्रतिशोध गर्ने संस्कृति विकास भएको छ । मलाई लाग्छ, गुटबन्दी हुनु स्वाभाविक भए पनि चेम्बर आन्दोलनमा हामी आउनुको त एउटै उद्देश्य हो । एउटै उद्देश्य छ भने किन गुटबन्दी गर्ने ? चुनावको परिणाम आइसकेको अवस्थामा अव सबैजना मिलेर अघि बढ्नुपर्छ । सबै बिर्सेर हामी चेम्बर आन्दोलनमा लाग्नुपर्छ ।

व्यापारीको आचारसंहिता लागु हुँदैन ?

महासंघमा कोही पनि गैरकानुनी व्यवसायीका पक्षमा लागेको छैन । मलाई लाग्छ, भविष्यमा पनि हामी कोही पनि गैरकानुनी पक्षमा लाग्नेछैनौं । यो आचारसंहिता लागू गर्नेछांै । व्यवसायीले नाफा खोज्छ नै, तर हाम्रो छवि सुधार गर्न आवश्यक छ । पहिला पूर्व अध्यक्षहरूले आचारसंहिता बनाएका पनि छन् ।
मेरो उम्मेदवारी घोषणासभा बुटबलमा गरिएको हो । भैरहवा, नवलपरासी, हेटांैडा, विराटनगर, जनकपुर, नेपालगन्ज, धनगढीमा ठूला घोषणासभा भए । म धेरै जिल्लारनगर घुमें । हरेक ठाउँमा जिल्लाका साथीहरूले नै खर्च गर्नुभयो । सायद यो मप्रति उहाँहरूको विश्वास पनि हो । मलाई बढी खर्च गरेको दोष लगाइएको छ । यो उद्योगी–व्यवसायीको निर्वाचन हो । कर तिरेर कमाएको पैसा कोही खर्च गर्न चाहन्छ भने किन गर्न नपाउने ? म खर्च गर्न सक्छु भने गर्छु । मैले मिहिनेत गरेर कमाएको पैसा आफ्नो उम्मेदवारीका लागि खर्च गरेको हुँ । त्यसलाई के गलत भन्ने ? मैले बढी खर्च गरेको हुन सक्छ । तर गैरकानुनी क्रियाकलापमा खर्च गरेको त हैन नि । म हेलिकप्टर लिएर कुनै साथीको समस्या बुझ्न अथवा नजिक हुन गएँ भने त्यो मेरो निजी कुरा हो ।

महासंघको नेतृत्व चयन गर्ने बेला राजनीतिक ‘लबिइङ’ पनि भयो । यस्तो ठीक हो ?

यो महासंघका लागि सबभन्दा ठूलो रोग हो, जसलाई हामीले मत्थर गर्नुपर्छ । यसलाई हामीले रोक्न सकेनौं भने महासंघ खत्तम भएर जान्छ । यसलाई अर्को तर्फबाट पनि हेर्नुपर्छ । झन्डै दुई दशक भयो स्थानीय चुनाव नभएको । जिल्लामा निर्वा्चित निकाय भनेको एउटा मात्रै हो, उद्योग–वाणिज्य संघ । संघको मात्रै निर्वाचन हँ‘दा केही जिल्लामा राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि आएका छन् । तर महासंघमा छिरिसकेपछि तपाईंले राजनीतिक दलको एजेन्डा पछाडि राख्नुपर्छ । म आफू पनि भन्छु, मैले कुनै पनि राजनीतिक दलको एजेन्डा बोकेको छैन । किनभने त्यसले मलाई कमजोर बनाउँछ । म कुनै राजनीतिक दलकामा पुगेँ भने भोलि फेरि अर्को राजनीतिक दलकामा पुग्नुपर्छ । अनि मैले कसरी महासंघको नेतृत्व हाँक्ने ? त्यसैले मैले कुनै पनि दलको झन्डा र एजेन्डा बोकेको छैन ।
अहिलेका अध्यक्षले अरूका लागि भोट माग्न पाउँदैन भनेर आचारसंहितामा लेखिएको छैन । हाम्रो विधानमा पनि लेखिएको छैन । विगतलाई पनि हेर्न सकिन्छ । पहिलेकाले आफ्नो उत्तराधिकारीको लागि भोट मागेका छन् । उसलाई प्रोत्साहित गरेका छन् । सबैले गरेका छन् । अब हुनेवाला अध्यक्षले आफ्नो समूह रोज्न पाउने कि नपाउने ? भवानी राणा स्वतः अध्यक्ष बन्नुभयो । उहाँले ‘मलाई यो समूह भयो भने सहयोग हुनेछ’ भन्नु कुनै नौलो हैन । जब कोही व्यक्ति प्रधानमन्त्री बन्छ भने उसले आफ्नो नेतृत्व सफल पार्न भोट मागेकै हुन्छन् । जस्तो अहिले सरकारमा रहनेले स्थानीय तहको चुनावमा भोट मागिरहनुभएको छ । यो सामान्य कुरा हो । म काम गर्न चाहन्छु, बलिया हातहरू चाहिन्छन् । बलियो हात उहाँहरू हो भन्न पाइन्छ । यसमा कुनै आचारसंहिता उल्लंघन भएको छैन । मनमा भएको कुरा भन्नु गलत होइन ।

तपाइँले हतार गर्नुभयो पनि भनिन्छ नि ?

हो त्यो आरोप मलाई लगाए । मैले हतार गरेँ, मैले नेतृत्व लिने बेला भएको छैन रे । मैले दुई दशक विभिन्न चेम्बरमा काम गरिसकें । सबैभन्दा गाह्रो काम गरेँ । मलाई चुनौतीपूर्ण कामहरू मात्रै आइलागे । त्यसलाई मैले प्रभावकारी रूपमा गरेर देखाएको छु । जस्तो श्रम सम्बन्धको विषय, जुन निकै गाह्रो थियो । मैले समाधान गरें । मेरो कार्यशैली अरूको भन्दा फरक छ । टेबल ठोकेरभन्दा पनि तथ्यांक र तर्कका आधारमा आफ्नो र साथीहरूको काम गराएको छु । धेरैले भन्छन्– शेखर गोल्छाले सचिवको टेबल ठोक्न सक्छ ? म सक्दिनँ । मेरो स्वर ५ लाखभन्दा बढी उद्योगी–व्यवसायीको हो । म तथ्यांकका आधारमा, सौहार्दपूर्ण वातावरण र तर्कका आधारमा काम गर्छु ।
नेतृत्व गर्न उमेरको आवश्यकता पर्ने हो भने सबैभन्दा बूढो मान्छेलाई देशको प्रधानमन्त्री बनाइदिए हुन्छ । सबैले महासंघमा परिवर्तन होस् भन्ने चाहेका छन् । मलाई लाग्छ, परिवर्तन ल्याउने युवाले नै हो । म अहिले पनि युवा छु । म परिवर्तन ल्याउन सक्छु । मैले साथीहरूको समर्थन पाएँ भने उहाँहरूलाई निराश गर्दिनँ । तन, मन, धन र बुद्धि–विवेकले भ्याएसम्म चेम्बर आन्दोलनलाई अगाडि बढाउँछु । निजी क्षेत्रको आत्मविश्वास जगाउन म लागिपर्ने छुृ ।

निजी क्षेत्र र सरकारबीचको सहकार्य त्यति राम्रो देखिएको छैन । अव त्यो संभव होला ?

त्यस्तो होइन । सरकार र निजी क्षेत्रवीच सहकार्य हुन नसक्ने भन्ने होइन । आपसमा सल्लाह रसहकार्य गरेर अगाडि बढ्न कुनै समस्या छैन । हाम्रो प्राथमिकता परिवर्तन भएको छैन । हामीले चाहेको शान्ति हो । औद्योगिक वातावरण हो । बन्द नगरौं भन्ने हो । यो नगरौं भन्नका लागि हामीले मध्यस्थका रूपमा पनि काम गरेका छौं । हामीले एउटा ऐतिहासिक निर्णायक बहस पनि गराएका थियौं । मधेस आन्दोलन र नाकाबन्दीमा पनि हामीले आफ्नो भूमिका निर्वाह गरेकै हो । मधेसी र सरकारबीच निर्णायक वार्ता हुनुपर्छ भनेर प्रयास गरेकै हो, तर हुन सकेन । हाम्रो उद्देश्य कुनै राजनीतिक स्वार्थ प्राप्त गर्ने हैन । उद्योग, व्यवसायको सुरक्षा गरौं, बन्द हडताललाई अन्त्य गरौं भन्ने नै हो ।

महासंघ नृतृत्वले व्यवसायीको समस्या समाधानमा कत्तिको जोड दिन्छ ?

आगामी दस वर्षमा महासंघमा आउने नेतृत्वले उद्योगीको दुःख बुझ्न सक्नु पर्दछ । मैले विगत १० वर्षमा विभिन्न पदमा रहेर काम गरिसकें । मेरो पछिल्लो जिम्मेवारी रोजगारदाता परिषद्को थियो । परिषद्को मात्रै नभएर उद्योग व्यापारमा पनि काम गरें । त्यसभन्दा पहिला बैंकिङ क्षेत्रमा काम गरिसकेको छु । त्यसैले व्यवसायी तथा उद्योगको दुस्ख म बुझ्न सक्छु । सरकारका लागि सहयोगी हात र निजी क्षेत्रको विश्वासका लागि म काम गर्नेछु ।
निजी व्यापार तथा व्यावसायिक फाइदाका लागि त धेरै जोड दिइने गरेको गुनासो छ नि ?
महासंघ निजी स्वार्थका लागि प्रयोग भएको मैले देखेको छैन । मैले यस्तो उदाहरण पाएको पनि छैन । म निजी स्वार्थभन्दा पनि संस्थागत स्वार्थमा काम गर्नेछु । मेरो उम्मेदवारी संस्थागत स्वार्थका लागि हो ।

साना उद्यमीको समस्या समाधानमा यहाँको ध्यान कत्तिको जान्छ ?

हामी कहाा धेरै समस्याा छन् । तीनको समाधानकालागि म लाग्ने छु । म चु्नावकोक्रममा मात्रै ५० वटा जिल्लारनगर घुमें । विभिन्न वस्तुगत तथा एसोसिएटका साथीहरूसँग छलफल गरें । मैले समस्यालाई मुख्य तीन भागमा विभाजित गरेको छु । पहिलो समस्या, सरकारसँग गर्नुपर्ने काम हो । त्यसमा मैले ७० प्रतिशत समस्या समान देखें । साना, मझौला र ठूला व्यवसायीको समस्या राजस्वसँग सम्बन्धित छन् । रोजगार या श्रमसम्बन्धी समस्या पनि समान छ । ठूलोमा अलि बढी, सानोमा अलि कम हुने गरेको छ । तर, विभिन्न ऐन–कानुनसम्बन्धी छन् । त्यो समान छ । साना व्यवसायीको ‘थ्रेस होल्ड’को समस्या फरक हो । ‘मिसम्याच’ को समस्या सानामा अलि बढी छ ।
दोस्रो समस्या, स्थानीय छन् । उदाहरणका लागि कुनै जिल्लाको व्यवसायीले सुन्तला निर्यात गर्दै थियो, पूर्वाधार नभएर कुहियो । यो स्थानीय समस्या हो । तेस्रो समस्या भनेको जिल्ला र केन्द्रसँगको सम्बन्धको हो । पक्कै पनि म ठूलो उद्योगबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुँ, तर हाम्रा समस्या समान छन् । समस्या समाधान हुनेबित्तिकै त्यो सबैका लागि भइहाल्छ । २० वर्ष भयो म यस क्षेत्रमा लागेको, विगतलाई हेर्नुस, मैले नबुझेको भए त्यतिका काम संभव नै थिएनन् ।