उद्योग वाणिज्य महासंघ र अर्थमन्त्रीबीच भेटवार्ता
काठमाडौँ । बर्षौपछि, मुलुकको आर्थिक बृद्धिदर उच्च बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रंशसा गरेका छन् । चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सो वृद्धिदर २५ वर्ष यताकै उच्च हो । आव २०५०÷५१ पछि उच्च आर्थिक वृद्धिदर हुन लागेको हो ।
लोडसेडिङ अन्त्य, सरकारले लिएका आर्थिक नीति एवम् आर्थिक परिचालनका कारण आर्थिक वृद्धिदर उच्च हुन लागेको हो । आइतबार मन्त्रालयमै पुगेका नवनिर्वाति पदाधिकारीहरुलाइ उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले बधाइ दिएकोमा महासंघका पदाधिकारीहरुल एकै स्वरमा भने –“बर्षौपछि मुलुकको आर्थिक बृद्धिदर बढाउनुभएको छ । अब लगानी मैत्री वातावरण बनाउनुहोस् । मुलुकले आर्थिक बिकासमा कोल्टे फेर्छ । यस्तो वातावरण बनाउनुभएकोमा हामी खुसी छौ ।”
वर्तमान सरकारको कामबाट निजी क्षेत्र उत्साहित भएको भन्दै उनीहरुले माओवादी नेतृत्वले उठाउँदै आएको आर्थिक क्रान्तिको अवसर आएकाले मुलुकमा लगानीको वातावरण बनाएमा दश बर्षमै मुलुक आर्थिक समृद्धिको बाटोमा पुग्ने वताएका थिए ।
प्रति उत्तरमा उपप्रधानमन्त्री महराले निजी क्षेत्रलाइ केही बर्ष सम्म प्रोत्साहन गरेर नै मुलुकलाइ समाजवादमा लान सकिन्छ भन्नेमा आफु दृढ रहको वताउँदै भने–“अब शसस्त्र युद्ध पनि हैन, शित युद्ध पनि हैन,आर्थिक विकास र समृद्धि नै पहिलो आवश्यकता हो । आर्थिक युद्धले मात्र मुलुकले गति लिन्छ भन्नेमा हामी बिश्वस्त छौ ।” उनले निजी क्षेत्रलाइ प्रोत्साहननै गरीने भन्दै निजी क्षेत्रलाइ राज्यको सिष्टम भित्र रहेर काम गर्न आग्रह गरे ।
उपप्रधानमन्त्री महरासँग उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राण, पुर्व अध्यक्ष पशुपती मुरारका, चण्डीराज ढकाल, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु चन्द्र ढकाल, उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान सहितको टोलीले भेट गरेको थियो ।
वैशाख ४ गते ।