५ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने एमालेको योजना 

 
काठमाडौँ । नेकपा (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमा के–कस्ता विषयलाई समावेश गर्दा उचित होला भन्ने विषयमा सञ्चार क्षेत्रसँग अन्तरक्रिया गरेको छ । एमाले मुख्यालमै गरेको छलफलमा सञ्चारकर्मीहरुले आ–आफ्नो तर्फबाट केही सुझावहरु राखेका थिए । अन्तरक्रिया कार्यक्रममा एमालेका कार्यबाहक अध्यक्ष वामदेव गौतमले आगामी ३ वर्षभित्र गरिबी निवारण गर्ने र ५ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने योजना घोषणापत्रमा अघि सार्ने  जानकारी गराउनु भएको थियो ।  स्थानीय तह निर्वाचन घोषणा पत्रको मस्यौदा तयार पार्ने टोलीको नेतृत्व समेत गर्नुभएका गौतमले  घोषणापत्रमा एमालेको सरकार बनेपछि प्रत्येक घरमा एक जनालाई रोजगारी दिने अवधारणा अघि सारेको पनि जानकारी पनि दिनुभयो । ३ वर्षभित्रै स्थानीय निकायलाई साधनस्रोत सम्पन्न बनाउने, पाँचवर्षभित्र सबै स्थानीय निकायलाई अन्तर्राष्ट्रिय सम्बन्धले जोड्ने लगायतका प्रतिवद्धता पनि घोषणापत्रमा उल्लेख गरिएको गौतमले जानकारी दिनुभयो ।  दश वर्षभित्र शिक्षालाई एसियाको मापदण्डमा पुर्याउने, १५ वर्षमा चीन र भारतलाई उछिन्ने दाबी एमालेको दाबी छ ।  त्यसैगरी केन्द्रमा एमालेको सरकार बनेपछि ५ वर्षभित्र कोही पनि बेरोजगार बस्नु पर्ने अवस्था सिर्जना गर्ने गरी घोषणापत्र तयार गरेको एमालेको भनाइ छ ।