राष्ट्रिय पत्रकारिता पुरस्कार र बरिष्ठ पत्रकार सम्मानको घोषणा

काठमाडौं । यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार चार जना र वरिष्ठ पत्रकार सम्मान ४ जना पत्रकारले पाएका छन ।
यस वर्षको बरिष्ठ पत्रकार सम्मानबाट बयोबृद्ध पत्रकार मदनमणि दीक्षित, दाङका नारायणप्रसाद शर्मा, काठमाडौंकी कृष्णा ताम्राकार र तनहुँका विश्वबन्धु भण्डारी हुनुहुन्छ ।

त्यस्तै यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार पनि चार जनाले पाएका छन् । यसअघि एक वा दुईजनाले पाउने गरेको पुरस्कार यसपपटक चारजनालाई दिइएको हो । राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेमा उदयपुरका गजेन्द्र बुढाथोकी, बाँकेका सिराजुद्दिन खान, मोरङका शिवबहादुर कार्की र चितवनका गुणशेखर शर्मा हुनुहुन्छ ।

दोस्रो राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा यो पुरस्कार आज वितरण गरिँदै छ । । नेपाल सरकारले अघिल्लो वर्षदेखि गोरखापत्र प्रकाशन शुरु भएको वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन थालेको छ ।
वैशाख २४ गते ।