वान बेल्ट वान रोडमा नेपाल सामेल हुने

 


काठमाडौँ । नेपालले चीनद्वारा अघि सारिएको वान वेल्ट वान रोडु अर्थात एक क्षेत्र एक सडक परियोजनामा सामेल हुने औपचारिक निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बसेको बैठकले त्यससम्बन्धी समझदारीपत्रमा चीनसँग हस्ताक्षर गर्ने ‍निर्णय गरेको सरकारका प्रवक्ताले बताउनुभयो।
विज्ञहरुले सो परियोजनाबाट अधिकतम फाइदा लिनका निम्ति नेपालले आफ्ना प्राथमिकताहरुको पहिचान गरी त्यसअनुरुप चीनसमक्ष पहल गर्नुपर्ने सुझाव दिएका छन्।
वान वेल्ट वान रोड ओबीओआर परियोजनामा कतिपय मुलुकहरुले सहमति जनाइसके पनि नेपाल अझैसम्म त्यसमा सामेल हुने वा नहुने अन्योल कायम थियो।

अब चाहिँ सरकारले सम्भवतः यसैसाता चीनियाँ पक्षसँग त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताउनुभयो।