एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिता छैन : कुलमान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले एलईडी बल्ब खरिद प्रक्रियामा कुनै किसिमको अनियमिता नभएको वताउका छन् । आफूले जनताको हितमा काम गरेको भन्दैउनले अनावश्यक आरोप लगाउनेलाई प्रमाणितगर्न चुनौति समेत दिए ।
आरोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका घिसिङले आफूले इमान्दार भएर काम गरेको भन्दै गर्दा उनी निकै भावुक भए । एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै भने, ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने २र४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ ।’
आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको भन्दै उनले आफूलाई दुःख लागेको बताए । उनले भने, ‘यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’ लगतै सम्हालिएका कुलमानले आफूहरुमाथि लागेको आरोपले गम्भीर बनाएको बताए । यसले काम गर्ने वातावरण विग्रन सक्ने उनले बताए ।
भारत सरकारसँग सहमति गरेर १३५÷१४० रुपैयाँमा बल्ब ल्याउन लागेको भन्दै घिसिङले यदि कसैले सक्छ भने १५० रुपैयाँमा ल्याउन चुनौती दिए । कुनै व्यापारीले १५० रुपैयाँमै गुणस्तरीय बल्ब ल्याएमा विद्युत प्राधिकरणका २ सय वटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने घिसिङले बताए ।