दिनभरिको विवादपछि भरतपुर महानगरपालिकामा मतगणना सुरु

 

चितवन । चितवनको चर्चितभरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।दिनभरको विवादपछि महानगरपालिकाको वडा नम्बर १ रामनगर क्षेत्रबाट मतगणना सुरु भएको हो ।
भरतपुर महानगरपालिकामा प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाललाई मेयरमा कांग्रेसले समर्थन गरेका कारण सर्वाधिक चर्चामा छ । ।रेणु र एमालेका उम्मेदवार देवी ज्ञवालीले टक्कर भए पनि जित भनउ ज्ञवालीकै हुने दावी एमालेले गरेको छ ।

जेठ १ गते ।