नेपालको अर्थतन्त्र अत्तालिनु पर्ने अवस्थामा पुगेको छैन : विश्व बैंक
काठमाडौं, ९ जेठ । विश्व बैंकले नेपालको अर्थतन्त्र शुधारोन्मुख रहेको जनाएको छ । बैंकले नेपाल सम्वनधी एक प्रतिवेदन शार्वजनिक गर्दै मंगलवार यस्तो जानकारी गराएको हो ।
विश्व बैंकलेसार्वजनिक गरेको ‘मध्यआयको मार्गमा नेपाल’ नामक प्रतिवेदनले उत्पादकत्व वृद्धि र लगानी प्रवद्र्धन गर्न नीतिगत सुधार अपरिहार्य भएको देखाएको छ । पूर्वाधार र सार्वजनिक क्षेत्रमा लगानी वृद्धि, दक्ष जनशक्ति उत्पादन तथा मानव पुँजी निर्माण, लगानीमैत्री नीति, विद्युत् उत्पादनमा विशेष प्राथमिकता, एकीकृत कृषि विकास र व्यावसायिक तथा सीपयुक्त शिक्षाको विकासबाटै आर्थिक वृद्धिदर बढोत्तरीमा मद्दत पुग्ने प्रतिवेदनले सुझाएको छ ।

प्रतवेदन सार्वजनिक गर्ने क्रममा बैंकका वरिष्ठ अर्थशास्त्री दामिर कोसिकले नीतिगत व्यवधानको अन्त्य, आर्थिक वृद्धिका नयाँ स्रोतको निर्माण, उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग र जनतामा लगानी बढाउन सके आर्थिक वृद्धिको बाटामा अग्रसर हुन सकिने बताए । भूकम्पपछिको पुनःनिर्माणलगायत नेपालमा कामका अवसर रहेका र थप रोजगारीका क्षेत्र सिर्जना गर्नुपर्ने सुझाव उनले दिए ।