काठमाडौँ महानगरपालिकामा विद्यासुन्दर १७ हजारभन्दा बढी मतअन्तरले अग्रता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणाम अनुसार मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले १७ हजारभन्दा बढी मतअन्तरले अग्रता लिनुभएको छ । उहाँले ५६ हजार ७९९ मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ३९ हजार ७९९ मत पाउनुभएको छ ।
उता पोखरा लेखनाथ महानगरपालिकामा एमालेले मेयर र उपमेयरमा सानदार विजय हासिल गरेको छ भने भरतपुर महानगरपालिकामा पनि एमालेले अग्रता लिएको छ ।