रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार

maitrinews

काठमाडौं । रमजान पर्वको अवसरमा नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले कतारस्थित कतार युएई एक्सचेन्जका निश्चित शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ । योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नुहुनेछ र त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्नु सक्नुहुनेछ । यो योजना यही मे २८ देखि जुलाई २८ सम्म दुई महिना लागु हुनेछ ।
आफ्नो स्थापनादेखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १६ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ६,१०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
जेठ १५ गते ।