अमेरिकाव्दारा अन्तरमहादेशीय क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परीक्षण

अमेरिकाले पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको प्रतिरक्षा गर्ने प्रणालीको सफलतापूर्वक परीक्षण गरेको छ।
जमिनबाट प्रहार गरिने क्षेप्यास्त्र प्रतिरोधी सो यन्त्रको क्यालिफोर्नियास्थित एउटा हवाई अखडाबाट परीक्षण गरिएको थियो।
र, त्यसले नमुना ब्यालेस्टिक क्षेप्यास्त्रलाई खसालिदिएको अमेरिकाको क्षेप्यास्त्र प्रतिरक्षा निकाय एमडीएले जनाएको छ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार लामो समयदेखि उक्त परीक्षणको योजना बनाइएको थियो।
यद्यपि उत्तर कोरियासँग बढ्दो तनावमाझ अमेरिकाले उक्त परीक्षण गरेको छ।
हाम्रो भूमिको रक्षाका निम्ति यो प्रणाली एकदमै महत्वपूर्ण छ र यो परीक्षणले के देखाएको छ भने वास्तविक खतरालाई रोक्न हामीसँग सक्षम र विश्सनीय क्षमता छ।
जिम साइरिङ, निर्देशक, अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा निकाय
क्षेप्यास्त्र प्रतिरक्षा निकायका निर्देशक जिम साइरिङले सो परीक्षणलाई महत्वपूर्ण कोशेढुंगाू को संज्ञा दिएका छन्।