अफगानिस्तानमा शक्तिशाली बम आक्रमण,८० को मृत्यु ३०० भन्दा बढी घाइते

maitrinews

 

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित कूटनीतिक नियोगहरु रहेको क्षेत्रमा एउटा आत्मघाती कार बम विस्फोट गराइँदा ८० जना मानिस मारिएका छन् भने ३०० भन्दा बढी घाइते भएका छन् । बिहानको व्यस्त समयमा जर्मन दूतावास नजिकै विस्फोट गराइएको थियो। एम्बुलेन्सहरुले घाइतेहरुलाई अस्पताल पुर्याइरहेका छन्।
काबुलको आकाशमा ठूलो मात्रा धुवाँको मुस्लो देखिएको थियो।
सयौं मिटर टाढाका घरहरुमा पनि विस्फोटका कारण क्षति पुगेको छ।
झ्यालका सिसाहरु फुटेको र ढोकाहरु उछिट्टएको बताइएको छ। सो क्षेत्रलाई सुरक्षाकर्मीले अहिले घेरा हालेका छन्।
हमलाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।