एभरेष्ट बैंक र वेस्ट रेमिटबीच सम्झौता

 

काठमाडौँ । एभरेष्ट बैंक र वेस्ट रेमिटबिच रेमिट्यान्स भुक्तानीका लागि सहकार्य
एभरेष्ट बैंक लिमिटेड र वेस्ट रेमिटबिच एभरेष्ट रेमिटमार्फत आएको रकम भुक्तानी गर्ने कार्य सम्बन्धि सम्झौता भएको छ । हाल बैंकले आफ्नै अनलाइन रेमिट्यान्स सेवा एभरेष्ट रेमिटमार्फत सेवा प्रदान गरिरहेको छ । शुरुवातमा, यो सुविधा यू.ए.ई, कतार, बहराइन, ओमन, मलेसिया, बेलायत, अमेरिका, जापान र कोरियामा कार्यरत नेपालीहरुका लागि उपलब्ध गराएको थियो जुन आगामी दिनहरुमा अन्य देशहरुमा पनि बिस्तार गरिनेछ । क्ष्लधबचम च्झष्ततबलअभ तथा वैदेशिक व्यापार सहज बनाउनलाई बैंकले विभिन्न देशहरुका बैंक÷एजेन्सीहरुसँग सहकार्य गर्दै आएकोछ ।
त्यसैगरि, बंैकले इजी रेमिट, एक्सप्रेस मनि ट्रान्सफर, मनिग्राम, वेस्टर्न यूनियन मनि ट्रान्सफर, तथा क्यास एक्सप्रेससँग तत्काल रकम भुक्तानीका लागि यस अघि नै सम्झौता गरीसकेको छ जसले बैंकलाई विश्वभरबाट आउने रेमिट्यान्स रकम भित्र्याउन सहज भएकोछ ।
साथै, बैंकले आफ्नो पन्जाब नेशनल बैंक (व्यष्लत ख्भलतगचभ एबचतलभच)को ‘क्ष्ल्च्भ्ःक्ष्त्’ (क्ष्लमय ल्भउब िच्झष्ततबलअभ) मार्फत भारतबाट पनि रेमिट्यान्स भित्र्याउँदै आएको छ । यस सुविधामा ग्राहकहरुले पन्जाब नेशनल बैंकका शाखाहरु, पन्जाब नेशनल बैंकको मोबाइल वा इन्टरनेट बैंकिंग सुविधा तथा व्यवसायीक प्रतिनिधिहरु मार्फत एभरेष्ट बैंकमा सिधै रकम पठाउन सक्तछन् ।
बैंकले हाल आफ्ना ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, एभरेष्ट बैंक भारतमा आफ्नै प्रतिनिधि कार्यालय भएको पहिलो नेपाली बैंक हो ।