सेञ्चुरी बैंकको ३२ औ शाखा वदिर्याको बाँसगढीमा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले देशको पश्चिमी भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ वदिर्याको बासगढी मा ३२ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाण्डौको मुलपानीमा रहेको ग्रिनहल सिटी हाउजि«ङ्गमा शनिबारदेखि ए.टि.एम. सेवा सुरु गरेको छ ।
सेञ्चुरी बैंकले २०७४ जेष्ठ २८ गतेबाट भैरहवामा केन्द«ीय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक र बनेपामा केन्द«ीय कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती (एक्विजिसन) गरी एकीकृत कारोबार गर्दैछ, जसबाट बैंकको शाखाहरु देशभरमै ५३ वटा हुनेछन् ।