५४ औँ ग्राण्डस्लाम फ्रेन्च ओपन बिजेता बनिन् जेलेना

 

 

काठमाडौँ । दोस्रो ग्राण्डस्लाम फ्रेन्च ओपन बिजेता जेलेना ओस्टापेन्को विश्वास गर्छिन् कि ‘असम्भव भन्ने केहि छैन ।’ हरेक प्रकारको आक्रमण शैलीका साथ उनले करिअरको पहिलो ग्राण्डस्लाम उपाधि जितिन् ।

लात्भियाकी २० वर्षीय यी सुन्दरीले रोमानियाकी सिमोना हालेपलाई ४(६, ६(४ र ६(३ को सेटमा पराजित गरिन् र ५४औं ग्राण्डस्लाम बिजेताको रुपमा आफ्नो सपना पूरा गरिन् ।

‘मलाई हमेसा यो मौका थियो कि मैले बललाई निक्कै मुस्किलले प्रहार गर्न सक्छु ।’ ओस्टापेन्कोले भनिन्, ‘यदि मैले यस्ता सटका लागि मौका पाएँ भने म अवश्य कोसिस गर्नेछु ।’

उनी सन् १९३३ पछि फ्रेन्च ओपन जित्ने उनी पहिलो बिना बरियाताकी खेलाडी हुन् ।

टेनिसका प्रमुख चार प्रतियोगितामा उनको यो आठौं सहभागिता थियो । २००४ मा विम्बल्डनको उपाधि जितेर, थोरै सहभागितामा मूख्य उपाधि जित्नेमा रुसी सुन्दरी मारिया सारापोभा पहिलो नम्बरमा पर्छिन ।

प्रतियोगिता सुरु हुनुअघि उनको उपाधि जित्ने सम्भावना १०० मा १ थियो । शानदार फाइनलपछि उनी विश्व वरियाताको ४७औं स्थानबाट १२औं स्थानमा पुगेकी छन् ।

उनले सात खेलमा २९९ विनिङ प्वाइन्ट लिएकी थिइन्, जसले रोनाल्ड ग्यारोसमा उपस्थितहरुको ध्यान आकषिर्त गरेको थियो र उनीहरुले शनिबारको जितमा उनलाई खुलेर साथ दिए ।

‘कसैले मलाई सिकाएको छैन, सिर्फ म जुन तरिकाले खेल्छु लाग्छ, मेरो चरित्र नै यस्तै हो । वास्तवमै म बललाई प्रहार गर्न चाहन्छु ।’ ओस्टापेन्कोले भनिन् ।

फ्रेन्च ओपनको फाइनलमा पुग्ने क्रममा ओस्टापेन्कोले ओलम्पिक च्याम्पियन मोनिका पिग, पूर्व फाइनलिष्ट साम स्तोसर, पूर्व नम्बर एक क्यारोलिन वाज्नियाकी, दुई पटककी सेमिफाइनलिष्ट तिमिया बाक्सिन्स्कीलाई हराइन् ।

तर २०१४ कि उपबिजेता, हलेपबिरुद्धको फाइनलको अन्तिम क्षणसम्म पनि यी लात्भियाली सुन्दरीले सोचेकी थिइनन् कि उपाधि आफूले जित्छु भनेर ।

‘मेरो बिचारमा तेस्रो सेटमा ५(३ को अग्रता लिएपछि मात्र मैले सोच्न थालेँ कि म उपाधि जित्न सक्छु ।’ उनले भनिन्, ‘त्यसभन्दा अघि त मैले सोचेकै थिइनँ, म मात्र एक एक स्टेप गरी अघि बढिरहेँ ।’