गैरकानुनी हिसाबले नेटवर्किङ व्यवसाय चलाउने १०२ जना पक्राउ

काठमाडौँ ।  गैरकानूनी नेटवर्किङ व्यवसाय चलाउने १०२ जनालाई पक्राउ गरिएको छ । बानेश्वरबाट पक्राउ परेकाहरुमा २९ जना महिला छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले   ती सबैसँग बयान जारी राखेको छ । पक्राउ परेकामध्ये १४ जनालाई अनुसन्धानका निम्ती म्याद थप्नका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

नेटवर्किङ व्यवसायमा प्रत्येकले जनही तीन लाख रुपैयाँसम्म लगानी गरेको देखिएको छ । युनिटी र हर्बोजस्तै पिरामिड आकारको सञ्जाल विस्तार गर्ने र व्यापार गर्ने उद्देश्य यो समुहले राखेको देखिन्छ । सरकारले नेटवर्किङ व्यवसायलाई गैरकानूनी ठहर गरेको छ ।