जलवायु परिवर्तनको मुद्दामा दुरी घटेन

maitrinews

ह्यामवर्ग ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जी ट्वेन्टी भनिने विश्वका प्रमुख २० आर्थिक शक्ति राष्ट्रहरुको ह्यामवर्गमा भएको सम्मेलन अभूतपूर्व रुपमा सफल भएको बताएका छन्।

त्यसअघि सम्मेलनको अन्त्यमा जारी गरिएको अन्तिम वक्तव्यले जलवायु परिवर्तन सम्बन्धी मुद्दामा अमेरिका एक्लिएको पुष्टी गरेको थियो।

उक्त संयुक्त वक्तव्यमा प्यारिस सम्झौताबाट अलग हुने अमेरिकी निर्णय र दीर्घकालिन रुपमा खनिज इन्धन प्रतिको उसको प्रतिबद्धतालाई जानकारीमा लिएको उल्लेख गरिएको छ।

तर अन्य १९ देशहरुले प्यारिस सम्झौताबाट पछि हट्न नसकिने घोषणा गरेका छन्।